images
images

रेसुङ्गा विमानस्थलबाट झन्डै २ महिना पछि उडान सुचारु


  • 429
    SHARES
  • २०८१ भाद्र ८ गते शनिबार

    रेसुङ्गा विमानस्थलबाट झन्डै २ महिना पछि उडान सुचारु

    काठमाडौं । गुल्मी जिल्लाको रेसुङ्गा विमानस्थलबाट झन्डै २ महिनापछि नियमित उडान सुचारु भएको छ । मौसम खराबको कारण गत असारको दोस्रो साता उडान अवरुद्ध हुँदै आएको थियो ।

    मौसममा सुधार आयसँगै आजदेखि नेपाल एयरलाइन्सको विमानले उडान गरेको नेपाल एयरलाइन्स रेसुङ्गा विमानस्थलका स्टेसन प्रमुख सुमन थापाले बताउनुभयो । शुक्रबार काठमाडौंबाट गुल्मीका लागि १२ जना यात्रु सवार थिए ।

    अब मौसमको अवस्था हेरेर हप्ताको एक दिन शुक्रवार उडान गर्ने थापाले बताए । हप्ताको ३ पटक उडानको अनुमति पाएको विमानस्थलमा गत असार १४ गतेपछि मौसम खराबको कारण उडान हुन सकेको छैन ।

    रेसुङ्गा विमानस्थलका लागि काठमाडौंबाट बिहान ६ बजेर ३० मिनेट र काठमाडौँका लागि बिहान ७ बजेर ४५ मिनेटमा उडान हुने गरेको छ । बर्खा लागेसँगै उडान गर्ने बिहानीको समयमा विमानस्थलमा बादल लाग्ने गर्नाले समस्या हुँदै आएको नेपाल एयरलाइन्स रेसुङ्गा विमानस्थलका स्टेसन प्रमुख सुमन थापाले बताए ।

    नेपाल एयरलाइन्सको ट्वीनटर जहाज उडान गर्दै आएको छ । यात्रुको अत्यधिक चाप बढेपछि रेसुङ्गा विमानस्थलबाट साप्ताहिक तीन उडानको अनुमति पाएको छ ।

    तर पछिल्लो केही समयदेखि शुक्रवार मात्रै उडान भइरहेको स्टेसन प्रमुख थापाले बताए । हवाई यात्रामा गुल्मी जोडिएसँगै पछिल्लो समय जिल्लाका पर्यटकीय स्थलमा अन्तर्राष्ट्रिय पर्यटन भित्रिन थालेका छन् ।

    अहिले गुल्मीबाट काठमाडौंका लागि ७ हजार ८० र काठमाडौंबाट गुल्मीका लागि ७ हजार २८० रुपैयाँ भाडा रहेको छ । रेसुङ्गा विमानस्थल रेसुङ्गा नगरपालिकाको वडा नम्बर–१० को सिमी चौरमा पर्दछ ।

    जिल्ला सदरमुकाम तम्घासबाट करिब ५ किलिमिटर कच्चीबाटो पछि विमानस्थल पुग्न सकिन्छ । विमानस्थलबाट गत वर्षको वैशाख २९ गतेबाट व्यावसायिक उडान सुरु गरिएको थियो ।

    गुल्मीबाट झन्डै डेढ वर्षको अवधिमा ६९ वटा उडानमा ८ सय भन्दा बढी नागरिकले हवाई सेवा लिएको रेसुङ्गा विमानस्थलका स्टेसन प्रमुख सुमन थापाले बताए । गुल्मीबाट धेरै जसो वृद्ध, बिरामी, सुत्केरी लगायतका नागरिकले सेवा लिएको थापाले बताए ।


    images

    Logo