images
images

८ महिनामा नेपाल भित्रिए ७ लाख २० हजार विदेशी पर्यटक, कुन महिनामा कति ?


  • 345
    SHARES
  • २०८१ भाद्र १७ गते सोमबार

    ८ महिनामा नेपाल भित्रिए ७ लाख २० हजार विदेशी पर्यटक, कुन महिनामा कति ?

    काठमाडौं । चालू अंग्रेजि वर्ष २०२४ को पछिल्लने ८ महिनामा ७ लाख बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार जनावरीदेखि अगस्टसम्म २० हजार ३३४ जना पर्यटक नेपाल भ्रमणमा आएका हुन् । 

    बोर्डका अनुसार अगष्टमा मात्र ७२ हजार ७१९ हजार पर्यटक नेपाल भ्रमणमा आएका छन् । यससँगै सन् २०२४ को ८ महिनामा सो संख्यामा पर्यटक आएको तथ्यांकले देखाएको छ । 

    यस वर्ष मार्च महिनामा सबैभन्दा धेरै १ लाख २८ हजार १६७ जना पर्यटक आएको बोर्डको तथ्यांकले जनाएको छ । जुलाईमा भने सबैभन्दा कम ६४ हजार ५९९ पर्यटक आएको बोर्डको तथ्यांकमा देखिएको छ । 

    अगष्टमा भारतबाट मात्र २५ हजार ८३२ जना पर्यटक नेपाल आएका छन् ।

    सन् २०२४ को कुन महिनामा कति पर्यटक आए ?

    जनवरी : ७९,१००

    फेब्रुअरी : ९७,४२६

    मार्च : १,२८,१६७

    अप्रिल : १,११,३७६

    मे : ९०,२११

    जुन : ७६,७३६

    जुलाई : ६४,५९९

    अगष्ट : ७२,७१९


    images

    Logo