images
images

भोलिदेखि पुनः पोखरा–जोमसोम उडान गर्दै तारा एयर


  • 339
    SHARES
  • २०८१ भाद्र १७ गते सोमबार

    भोलिदेखि पुनः पोखरा–जोमसोम उडान गर्दै तारा एयर

    काठमाडौं । प्रतिकूल मौसमका कारण बन्द भएको पोखरा–जोमसोम रुटमा भाेलिबाट नियमित उडान हुने भएको छ । तारा एयरले १८ भदौ मंगलबारबाट नियमित गर्ने भएको हो ।

    पर्यटक सिजन सुरु हुन लागेको र मौसम पनि खुल्ने समय सुरु भएकाले उडान नियमित हुन लागेको कम्पनीले जनाएको छ ।

    जोमसोमको नियमित उडानका लागि तारा एयरले एउटा जहाज पोखरामै रात्रि बिसान गर्ने छ । हालका लागि मौसम अनुकूल भए दैनिक पाँच उडान गर्ने गरी तालिका मिलाइएको छ । तारा एयरको उडान पोखराको पुरानो एयरपोर्टबाट नै सञ्चालन हुनेछ ।

    यसैगरी पर्यटक सिजनका लागि तारा एयरले रामेछाप–लुक्ला–रामेछापका लागि ४ असोज अर्थात् २० सेप्टेम्बरदेखि नियमित उडान गर्ने तालिका सार्वजनिक गरेको छ । सगरमाथा क्षेत्र जाने पर्यटकका लागि विभिन्न वायुसेवा कम्पनीले रामेछाप मन्थली विमानस्थलबाट सोलुखुम्बु लुक्लासम्म पर्यटक सिजनमा उडान गर्दै आएका छन् ।

    यो सिजनका लागि ताराका दुई ट्विनअटर जहाजले मन्थली विमानस्थलबाट लुक्लाका लागि दैनिक १० देखि १५ उडान गर्ने तालिका राखेको छ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अत्यधिक हवाई ट्राफिक बढेसँगै पछिल्लो समय एयरलाइन्सहरूले मन्थली आधार बनाइ लुक्लाका लागि उडान भर्दै आएका हुन् ।

    रामेछाप विमानस्थलमा ताराका दुइटै जहाज रात्रि बिसान गरी १५ डिसेम्बरसम्म नियमित उडान गर्ने तालिका रहेको जानकारी कमपनीले दिएको छ ।

    ताराले मन्थलीदेखि लुक्लाका साथै काठमाडौंदेखि लुक्ला, फाप्लु, पोखराबाट जोमसोम तथा नेपालगञ्जबाट रारा, हुम्ला, बाजुरा, जुम्ला, डोल्पा लगायत दुर्गम क्षेत्रमा समेत उडान सेवा दिँदै आएको छ ।


    images

    Logo