images
images

दशैंअघि नै थप ५७ वटा नयाँ हिमाल आरोहणका लागि खुल्ला गरिँदै (सूचीसहित)


  • 426
    SHARES
  • २०८१ भाद्र २४ गते सोमबार

    दशैंअघि नै थप ५७ वटा नयाँ हिमाल आरोहणका लागि खुल्ला गरिँदै (सूचीसहित)

    काठमाडौं । पर्यटन सिजन सुरु भएसँगै हिमाल आरोहणको लागि प्रमिट (आरोहण अनुमति) लिन थालिएको छ । दशैंअघि नै नेपालका आरोहणयोग्य नयाँ ५७ वटा हिमालहरु क्रमशः खुला गर्दै जाने पर्यटन विभागले जनाएको छ । 

    पर्यटन विभागका साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका अनुसार नेपालका आरोहणयोग्य ५७ वटा हिमालहरु यही दशैंअघि नै खुल्ला गरिने छ । 

    सरकारले आर्थिक वर्ष २०८०/८१ को नीति कार्यक्रममा आरोहणको लागि नयाँ हिमाल खुल्ला गर्ने कार्यक्रम रहेको र सोही अन्तरगत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन विभागलाई नयाँ हिमाल खोल्ने प्रक्रिया अगाडि बढाउनेका निम्ति पर्यटन विभागलाई निर्देशन दिएको थियो । 

    हाल नेपालमा ४ सय १ वटा हिमाल आरोहणका लागि खुला रहेका छन् । त्यस मध्ये २७ वटा हिमालहरुको प्रमिट (आरोहण अनुमति) नेपाल पर्वतारोहण संघले दिँदै आएको छ भने बाँकी रहेका हिमालहरुको प्रमिट पर्यटन विभागले दिँदै आएको छ । 

    नेपालका आरोहणयोग्य ५७ वटा हिमालहरुः


    images

    Logo