images
images

शरद् ऋतुमा हिमाल आरोहणका लागि ३२९ जनाले लिए अनुमति, ३ करोड ७४ लाख राजस्व संकलन


  • 417
    SHARES
  • २०८१ भाद्र २७ गते बिहीबार

    शरद् ऋतुमा हिमाल आरोहणका लागि ३२९ जनाले लिए अनुमति, ३ करोड ७४ लाख राजस्व संकलन

    काठमाडौं । शरद् ऋतुमा हिमाल चढ्नका लागि ३२९ जना पर्वतारोहीहरुले अनुमति लिएका छन् । पर्यटन विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार हालसम्म ७ वटा हिमाल आरोहणका लागि ३२ टोलीले अनुमति लिएका हुन् । 

    अनुमति लिनेमध्ये २४६ जना पुरुष र ८३ जना महिला रहेको विभागको तथ्यांकमा जनाइएको छ । 

    यस शरद्मा मनास्लु हिमालको आरोहणका लागि सर्वाधिक २९० जनाले अनुमति लिएका छन् । त्यसमध्ये, २१० जना पुरुष र ८० जना महिला रहेको विभागले जनाएको छ । धवलागिरी हिमश्रृङ्खला अन्तर्गतको पुथा हिउचुली आरोहणका लागि ७ पुरुष र २ महिलासहित ९ जनाले अनुमति लिएका छन् । 

    त्यस्तै, अन्नपूर्ण–४ का लागि ५ जना, थाकर गो इष्टका लागि ४ जना, धवलागिरी–१ का लागि १४ जना, फुंगीका लागि ४ जना र कुम्भकर्ण हिमाल आरोहणका लागि २ जनाले अनुमति लिएको विभागको तथ्यांकमा जनाइएको छ । 

    हिमाल आरोहण गर्नेहरुबाट ३ करोड ७४ लाख रुपैयाँ राजस्व संकलन भएको छ । त्यसमध्ये मनास्लु हिमालका आरोहीबाट सर्वाधिक ३ करोड ४९ लाख रुपैयाँ संकलन भएको विभागले जनाएको छ । 

    himal arohan anumati.JPG


    images

    Logo