images
images

हिमालयन एभरेस्ट इन्स्योरेन्सको सीईओमा अन्जु श्रेष्ठ नियुक्त


  • 497
    SHARES
  • २०८१ भाद्र ३० गते आइतबार

    हिमालयन एभरेस्ट इन्स्योरेन्सको सीईओमा अन्जु श्रेष्ठ नियुक्त

    काठमाडौं । हिमालयन एभरेस्ट इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा अन्जु श्रेष्ठ नियुक्त भएकी छन् ।

    कम्पनीको सञ्चालक समिति बैठकले हाल नायव प्रमुख कार्यकारी अधिकृत रहेकी श्रेष्ठलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । उनले ४ वर्षको कार्यकाल सम्हाल्ने छिन् ।

    नियामक निकाय बीमा प्राधिकरणबाट स्वीकृति भएपछि श्रेष्ठले कार्यभार सम्हाल्ने कम्पनीले जनाएको छ । यसअघिका सीईओ विजयबहादुर शाह बाहिरिएपछि श्रेष्ठले नै कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृतको पद सम्हाल्दै आएकी थिइन् ।


    images

    Logo