images
images

गरिमा विकास बैंकको डेपुटी सीईओमा अनिल रेग्मी नियुक्त


  • 414
    SHARES
  • २०८१ आश्विन १ गते मंगलबार

    गरिमा विकास बैंकको डेपुटी सीईओमा अनिल रेग्मी नियुक्त

    काठमाडौं । गरिमा विकास बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मी नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ)मा नियुक्त भएका छन् ।

    बैंकको सञ्चालक समितिले रेग्मीलाई यही असोज १ गते अथात् आजदेखि लागु हुने गरी नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

    नवनियुक्त नायब प्रमुख कार्यकारी अधिकृत रेग्मीले २०८० चैत १५ गतेदेखि विकास बैंकको कम्पनी सचिवको जिम्मेवारी समेत सम्हाल्दै आएका छ्न् ।

    अनिल रेग्मीसँग तत्कालीन जनता बैंक लिमिटेड र तत्कालीन सेन्चुरी कमर्सियल बैंक लिमिटेडमा ११ वर्ष सहित बैंकिङ क्षेत्रको व्यवस्थापन तहका रही करिब १३ वर्ष कार्य गरको अनुभव रहेको छ ।


    images

    Logo