images
images

असोज १२ गतेदेखि दशैं–तिहारका लागि अग्रिम टिकट बुकिङ खुला


  • 356
    SHARES
  • २०८१ आश्विन ६ गते आइतबार

    असोज १२ गतेदेखि दशैं–तिहारका लागि अग्रिम टिकट बुकिङ खुला

    काठमाडौं । दशैं–तिहारका लागि १२ असोजदेखि अग्रिम बस टिकटको बुकिङ खुला गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच शनिबार बसेको बैठकले यातायात व्यवस्था विभागसँग छलफल गरी अग्रिम टिकट खुला गरिने निर्णय गरेको हो । 

    भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा बसेको बैठकले व्यवसायीका मागका सम्बन्धमा सातबुँदे निर्णय गरेको छ । बैठकले सडक विभागअन्तर्गतका सबै सडक घटस्थापना अगावै मर्मतसम्भार गर्न निर्देशन समेत गरेको छ ।

    बिपी राजमार्ग सडक सुरक्षाका लागि साना सवारी मात्र सञ्चालन गर्न र रात्रि सवारी सञ्चालन रोक्न गृह मन्त्रालय र नेपाल प्रहरीलाई अनुरोध गर्ने र विभागले त्यसको अनुगमन गरी यातायात मन्त्रालयलाई रिपोर्ट गर्ने निर्णय पनि गरेको छ ।

    सवारीसाधनको यान्त्रिक परीक्षण गरी गन्तव्यमा जान सहज व्यवस्थापन गरिने भएको छ । वैज्ञानिक भाडा समायोजन विगत तीन वर्षदेखि नभएकाले छठ पर्वको एक हप्तापछि समायोजन गरिने पनि निर्णय भएको छ ।


    images

    Logo