images
images

६ महिनापछि गौतमबुद्ध विमानस्थलमा पुनः नियमित उडान गर्दै जजिरा एयरवेज


  • 411
    SHARES
  • २०८१ आश्विन ८ गते मंगलबार

    ६ महिनापछि गौतमबुद्ध विमानस्थलमा पुनः नियमित उडान गर्दै जजिरा एयरवेज

    काठमाडौं । कुवेतको जजिरा एयरवेजले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ६ महिनापछि पुनः उडान गर्ने भएको छ । जजिराले आगामी कार्तिक १२ गतेदेखि कुवेत-भैरहवा अन्तर्राष्ट्रिय उडान गर्ने भएको हो । 

    जजिराले सोमबार नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पत्राचार गर्दै भैरहवा-कुवेत उडानका लागि अनुमति मागेको हो । प्राधिकरणले त्यसबारे आवश्यक प्रक्रिया पूरा गरी अनुमति दिने जनाएकाे छ । 

    प्राधिकरणका अनुसार जजिरा सातामा तीन दिन कुवेत–भैरहवा–कुवेत उडान गर्ने छ । ५ घन्टाको यो हवाई रुटमा कुवेतको जहाज विहान ६ः२५ मा भैरहवामा अवतरण हुने छ भने ७ः१० मा भैरहवाबाट कुवेत फर्किने छ । २०७९ जेठमा प्रधानमन्त्री शेरबहादुर देउवाले भैरहवामा मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्दा त्यही दिनदेखि जजिरा एयरवेजले नियमित उडान गरेको थियो ।

    २०८१ बैसाखसम्म जजिराले कुवेत–भैरहवा रुटमा १ सय १० वटा उडान गरेर सेवा रोकेको थियो । यो वायुसेवापछि नेपालको हिमालयले त्यहाँबाट मलेसियाका लागि ६८ वटा चार्टर उडान गरेर पुन: काठमाडौँ फर्केको थियो ।

    त्यस्तै, ०८० जेठदेखी सातामा एक दिन (मंगलबार) नेपाल वायुसेवा निगमको मलेसियाको काठमाडौं आउने उडान भैरहवा हुँदै (टचडाउन) गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुँदै आइरहेको छ । 


    images

    Logo