काठमाडौं । दशैंका लागि अग्रिम टिकट बुकिङ १२ गतेदेखि खुला गरिने भएको छ । यातायात विभागसँगको छलफलअनुसार दशैंका लागि अग्रिम टिकट बुकिङ असोज १२ गतेदेखि खुला गरिने भएको यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ ।
यसअघि दशैंका लागि अग्रिम टिकट खुलाउने विषयमा छलफल भएपनि सरकार र यातायात व्यवसायीबिच ठोस सहमति जुट्न सकेको थिएन ।