images
images

प्रतिकुल मौसमका कारण भोलि बिहानसम्म त्रिभुवन विमानस्थलबाट हुने आन्तरिक उडान स्थगित


  • 347
    SHARES
  • २०८१ आश्विन ११ गते शुक्रबार

    प्रतिकुल मौसमका कारण भोलि बिहानसम्म त्रिभुवन विमानस्थलबाट हुने आन्तरिक उडान स्थगित

    काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले अविरल वर्षाका कारण मौसममा आएको खराबीले शनिबार बिहानसम्मको सबै आन्तरिक उडान स्थगित गरेको छ ।

    प्राधिकरणले शुक्रबार साँझ एक सूचना जारी गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै आन्तरिक उडान  शनिबार बिहानसम्मका लागि स्थगित भएको जनाएको हो ।

    खराब मौसमका कारण देशभरका सबै विमानस्थल र हवाई रुटमा अत्यधिक जहाज हल्लाउने, डाइभर्ट हुने क्रम बढेपछि प्राधिकरणले भोलि शनिबार मौसममा सुधार नआएसम्म कतै पनि आन्तरिक उडान नगराउने भएको हो । 

    शुक्रबार बिहानैदेखि परेको भारी वर्षाका कारण दिनभर आन्तरिक उडान प्रभावित भएका थिए ।नेपालमा ७ वटा वायुसेवाले दैनिक आन्तरिक रुटमा उडान गर्छन् ।


    images

    Logo