images
images

५ दिनमा करिब १९ सय उडान अवतरण, ८९ हजारले लिए दोहोरो हवाई सेवा


  • 389
    SHARES
  • २०८१ आश्विन २० गते आइतबार

    ५ दिनमा करिब १९ सय उडान अवतरण, ८९ हजारले लिए दोहोरो हवाई सेवा

    काठमाडौं । बाढीपहिरोका कारण सडकमार्ग असहज भएपछि हवाई सेवाको प्रयोग गर्ने यात्रुको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । दसैँको मुखैअगाडि आएको बाढी र पहिरोका कारण मुलुकका विभिन्न स्थानमा सडक अवरुद्ध भएपछि हवाई सेवाको प्रयोग गर्ने यात्रुको चाप ह्वात्तै बढेको हो । 

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार सडक अवरुद्ध भएपछि पछिल्लो पाँच दिनमा आन्तरिकतर्फ १८ सय ९५ उडानअवतरण भएका छन् । उक्त उडानमार्फत ८९ हजार ६२ जनाले दोहोरो हवाई सेवा लिएका छन् ।

    आन्तरिकतर्फको उडान चाप बढेसँगै गत सोमबार ४५०, मङ्गलबार ४३४, बुधबार ३७५, बिहीबार ३२७ र शुक्रबार ३०९ उडानअवतरण भएका छन् ।

    उक्त उडानबाट सोमबार १९ हजार १५९, मङ्गलबार १८ हजार १३७, बुधबार १७ हजार चार, बिहीबार १६ हजार ७५३ र शुक्रबार १८ हजार तीन जनाले हवाई सेवा लिएका छन् । उक्त सङ्ख्यामध्ये अधिकांश यात्रु राजधानीबाट बाहिरिने रहेका छन् । अहिले उपत्यका बाहिरबाट फर्किने जहाज प्रायः रित्तै छन् ।


    images

    Logo