काठमाडौं । हिमालय एयरलाइन्सले पोखरा र भैरहवामा आन्तरिक उडान गर्ने भएको छ । निजी वायुसेवाका साना विमानमा यात्रुको चाप तथा टिकट सहजै नपाइने भएपछि हिमालयले पोखरा र भैरहवामा उडान गर्न लागेको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा दशैंअघि उडान गर्न लागेको हिमालयले जनाएकाे छ ।
हिमालयले यात्रुको माग अनुसार यी दुई रुटमा १ सय ८० सिटको न्यरोबडी वा १ सय १४ सिट क्षमताको एयरबस ए–३१९ पठाउन लागेको जनाएको छ ।
असोज ११ र १२ गते आएको भरी वर्षापछिको बाढी पहिरोले राजमार्गहरू अवरोध भएपछि नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सका न्यरोबडी विमान पठाउन सरकारले पहल गरेको हाे ।