images
images

पाँच वर्षपछि रुम्जाटारमा हवाई उडान पुन : सञ्चालन


  • 339
    SHARES
  • २०८१ आश्विन २१ गते सोमबार

    पाँच वर्षपछि रुम्जाटारमा हवाई उडान पुन : सञ्चालन

    ओखलढुङ्गा । यहाँको रुम्जाटार विमानस्थलमा हवाई उडान पुनःसञ्चालनमा आएको छ । करिब पाँच वर्षपछि विमानस्थलमा आइतबार पुनः उडान भएको हो । 

    विगतमा नियमित उडान हुँदा नेपाल एयरलाइन्सले काठमाडौँ–रुम्जाटार सेवा दिँदै आएको थियो । आज समिट एयरलाइन्सले परीक्षण उडान गरेको छ । काठमाडौँबाट चालक दलका चारसहित १८ यात्रु लिएर आएको समिट एयरले अवतरण गरेको थियो । 

    वर्षातका कारण आएको बाढीले बिपी राजमार्ग बन्द हुँदा सिधा सवारीमा यात्रा गर्ने सम्भावना नभएकाले रुम्जाटारमा विमान आउँदा स्थानीयलाई यात्रा गर्न सहज भएको छ । 

    यस विमानस्थलमा नियमित उडानको पहल गरिएको सांसद रामहरी खतिवडाले बताए । उनका अनुसार प्रत्येक साताको आइतबार समिट एयर र बुधबार नेपाल एयरलाइन्सले सेवा दिने छन् । काठमाडौँ–रुम्जाटारको भाडा ४ हजार ५ सय तोकिएको छ । 


    images

    Logo