images
images

कात्तिकमा पनि घट्यो वाणिज्य बैंकहरूको ब्याजदर, कुनको कति ?


  • 325
    SHARES
  • २०८१ आश्विन ३० गते बुधबार

    कात्तिकमा पनि घट्यो वाणिज्य बैंकहरूको ब्याजदर, कुनको कति ?

    काठमाडौं । कात्तिक महिनाका लागि नेपालका अधिकांश वाणिज्य बैंकहरुको मुद्धति निक्षेपको व्याजदर घटाएका छन् । नेपालमा संचालित २० वाणिज्य बैंकहरुमध्ये १० वाणिज्य बैंकहरुले कात्तिक महिनाका लागि असोजको तुलनामा ब्याजदर घटाएका हुन् । यस्तै ९ बैंकले असोज महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने सानिमा बैंकले कात्तिकको लागि ब्याजदर बढाएको छ ।

    औसतमा व्यक्तिगत तर्फ मुद्दति निक्षेपको ब्याजदर अब कात्तिक महिनाका लागि ६.१८ प्रतिशत कायम भएको छ । असोजको लागि औसत ब्याजदर ६.३८ प्रतिशत थियो । औसतमा हेर्दा १ महिनामा २० बैंकहरुको औसत ब्याजदर ०.१९ प्रतिशत बिन्दुले घटाएको देखिन्छ ।

    कात्तिक महिनाका लागि एभरेष्ट बैंक, नेपाल बैंक, कुमारी बैंक, नेपाल एसबीआई बैंक, ग्लोबल आइएमई बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक र नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ब्याजदर स्थिर राखेका छन्।

    यता कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक, लक्ष्मी सनराइज बैंक, प्राइम बैंक, सानिमा बैंक, सिटिजन्स बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक, सिद्धार्थ बैंक, एनआइसी एशिया बैंक र नबिल बैंकले ब्याजदर घटाएका छन्।

    व्यक्तिगत मुद्दति निक्षेपमा असोज महिनाको तुलनामा सर्वाधिक ब्याजदर घटाउने बैंकमा सिटिजन्स बैंक र हिमालयन बैंक रहेका छन्। यी दुबै बैंकहरुले ०.७५ प्रतिशतविन्दुले ब्याजदर घटाएका छन्। ब्याजदर बढाउने बैंक भने सानिमा बैंक रहेको छ। सो बैंकले यस्तो निक्षेपको ब्याजदर ०.२५ प्रतिशतविन्दु बढाएको हो।

    कात्तिक महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा सबैभन्दा बढी ब्याज माछापुच्छ्रे बैंकले दिने भएको छ भने सबैभन्दा कम ब्याज सिटिजन्स बैंकले दिने भएको छ।

    बैंक सोजको ब्याजदर कात्तिकको ब्याजदर
    कृषि विकास ६.०७ ५.७५
    राष्ट्रिय वाणिज्य ६. ५.८
    नेपाल एसबीआई ६. ६.
    लक्ष्मी सनराइज ६.५ ६.
    ग्लोबल आईएमई ६.२५ ६.२५
    कुमारी ६.०१ ६.०१
    प्राइम ६.२५ ६.
    नेपाल ५.९५ ५.९५
    सानिमा ५.९ ६.१५
    सिटिजन्स ६.४ ५.७५
    नबिल ६.७५ ६.२५
    इन्भेस्टेमेन्ट मेगा ६.५ ६.५
    सिद्धार्थ ६.५ ६.
    स्टान्डर्ड चार्टर्ड ७. ६.५
    माछापुच्छ्रे ७. ७.
    प्रभु ६.१ ६.१
    एनएमबी ६.५ ६.५
    एनआईसी एसिया ७.१८ ६.९९
    हिमालयन ७. ६.२५
    एभरेष्ट ६. ६.

     

     

     

     

     


    images

    Logo