काठमाडौं । हिमालयन बैंकको नाफा ३१.२२ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको पहिलो ३ महिनामा बैंकले ७२ करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३१.२२ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ५ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
असोज मसान्तसम्ममा बैंकले २ अर्ब ४५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत बर्षको तुलनामा यस्तो आम्दानी २२.८८ प्रतिशतले कम हो । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ३ अर्ब १७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ४८ करोड ४४ रुपैयाँ ऋणात्मक रहेको छ। २१ अर्ब ६५ करोड ६६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोष पछिल्लो ३ महिनामा ४.४३ प्रतिशत बढेको छ।
सो बैंकले ३ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ६ रुपैयाँ ९ पैसा घटेर १३ रुपैयाँ ४२ पैसा पुगेको छ। असोज मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १७९ रुपैयाँ ६८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २०.६५ गुणा रहेको छ।


