images
images

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले कमायो १ अर्ब ४६ करोड नाफा, वितरणयोग्य मुनाफा कति ?


  • 311
    SHARES
  • २०८१ कार्तिक ७ गते बुधबार

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले कमायो १ अर्ब ४६ करोड नाफा, वितरणयोग्य मुनाफा कति ?

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब ४६ करोड कमाएको छ । बैंकले बुधवार प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

    चालु आर्थिक वर्षको पहिलो ३ महिनामा बैंकले १ अर्ब ४६ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.८२ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ५२ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

    असोज मसान्तसम्ममा बैंकले ३ अर्ब ८७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत बर्षको तुलनामा यस्तो आम्दानी ६.८३ प्रतिशतले कम हो । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ४ अर्ब १६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

    समिक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा पनि २ अर्ब ५१ करोड ५ लाख रुपैयाँ ऋणात्मक रहेको छ । सो बैंकले ४ खर्ब ३३ अर्ब रुपैयाँ निक्षेप संकलन गरि ३ खर्ब २४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । 

    ३४ अर्ब १२ करोड ८५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोष पछिल्लो ३ महिनामा ६.०६ प्रतिशतले बढेको छ।  

    नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ६८ पैसा घटेर १७ रुपैयाँ १६ पैसामा सीमित भएको छ। असोज मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १८४ रुपैयाँ ३३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १४.८० गुणा रहेको छ।


    images

    Logo