images
images

७९१ प्रतिशत सम्मले बढ्यो वाणिज्य बैंकको नाफा, पहिलो त्रैमासमा कुन बैंकको नाफा कति ?


  • 510
    SHARES
  • २०८१ कार्तिक ७ गते बुधबार

    ७९१ प्रतिशत सम्मले बढ्यो वाणिज्य बैंकको नाफा, पहिलो त्रैमासमा कुन बैंकको नाफा कति ?

    काठमाडौं ।  चालू आर्थिक वर्षको पहिलो त्रैमासमा वाणिज्य बैंकको नाफा २१.६३ प्रतिशतले बढेको छ । बैंकहरुले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार आर्थिक वर्ष २०८१/८२ को पहिलो तीन महिनामा यस्तो अवस्था देखिएको हो । 

    गत आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासमा २० वाणिज्य बैंकहरुले १३ अर्ब ३४ करोड रुपैयाँ नाफा गरेका थिए । उक्त नाफा यसपटक २१.६३ प्रतिशतले बढेर १६ अर्ब २३ करोड रुपैयाँ पुगेको हो । 

    हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरु मध्ये १२ बैंकको नाफा बढेको छ । यो अवधिमा नाफा वृद्धि गर्ने बैंकहरुमा सिद्धार्थ, लक्ष्मी सनराईज, नेपाल बैंक, कुमारी, नेपाल एसबीआई, एभरेष्ट, नबिल, ग्लोबल आईएमई, एनएमबी, प्राइम, स्ट्याण्डर्ड चाटर्ड र प्रभु बैंक रहेका छन् । अन्य बैंकहरु नेपाल इन्भेष्टमेन्ट मेगा, माछापुच्छ्रे, सिटिजन्स, सानिमा, हिमालयन, राष्ट्रिय वाणिज्य र एनआईसी एशिया बैंको नाफा भने घटेको छ ।  

    गत आर्थिक वर्षको पहिलो त्रैमासमा घाटामा गएको कृषि विकास बैंक यसपटक नाफामा गएको छ । 

    Profit of commercial bank in 1st Quarter.jpg

    कसको कति नाफा ?

    नाफा बढेका वाणिज्य बैंकहरु मध्ये सिद्धार्थ बैंकको नाफा सर्वाधिक ७९१.४२ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षमा ४ करोड २८ लाख रुपैयाँ नाफा गरेको सो बैंकको नाफा यसपटक बढेर ३८ करोड २० लाख रुपैयाँ पुगेको छ । त्यस्तै, लक्ष्मी सनराईजको ४२०.५२ प्रतिशत, नेपाल बैंकको ३२२ प्रतिशत र कुमारी बैंकको नाफा ३०८ प्रतिशतले बढेको छ । 

    चालू आर्थिक वर्षको पहिलो त्रैमासमा नबिल बैंकले सर्वाधिक २ अर्ब ५ करोड रुपैयाँ नाफा कमाएको छ । त्यस्तै, ग्लोबल आईएमई बैंकको नाफा पनि १ अर्ब ५१ करोड भन्दा बढी रहेको छ । 

    Table.jpg

    सात बैंकको नाफा घट्यो

    समीक्षा अवधिमा ७ वाणिज्य बैंकको खुद नाफा भने घटेको छ । यसरी नाफा घटाउनेमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, माछापुच्छ्रे बैंक, सिटिजन्स बैंक, सानिमा बैंक, हिमालयन बैक, राष्ट्रिय वाणिज्य बैंक र एनआईसी एशिया बैंक रहेका छन् । जसमध्ये एनआईसी एशिया बैंकको ८९.०६ प्रतिशत घटेको छ भने राष्ट्रिय वाणिज्य बैंकको ८२.४० प्रतिशतले घटेको छ ।


    images

    Logo