images
images

जीवन बीमा कम्पनीले संकलन गरे ४१ अर्ब बीमाशुल्क, कुनको कति ?


  • 396
    SHARES
  • २०८१ कार्तिक १२ गते सोमबार

    जीवन बीमा कम्पनीले संकलन गरे ४१ अर्ब बीमाशुल्क, कुनको कति ?

    काठमाडौं ।  जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको प्रथम त्रैमाससम्ममा ४१ अर्ब रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

    नेपाल बीमा प्राधिकरणको तथ्याङक अनुसार जीवन बीमा कम्पनीहरुले १ करोड ३३ लाख ३५ हजार ९ सय ९८ वटा बीमालेख जारी गरी कुल ४१ अर्ब ८ करोड १ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका हुन् ।

    यस अवधिमा सबैभन्दा धेरै नेपाल लाइफले कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीले ११ अर्ब ९९ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । दोस्रोमा नेशनल लाइफ रहेको छ । कम्पनीले ४ अर्ब ९ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । तेस्रोमा एलआइसी नेपाल रहेको छ । कम्पनीले यस अवधिमा ४ अर्ब ५७ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।  

    त्यस्तै, हिमालयन लाइफले ४ अर्ब ३१ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ भने सूर्यज्योति लाइफले २ अर्ब ४९ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । एशियन लाइफले २ अर्ब ३ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सिटिजन लाइफले १ अर्ब ७४ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।  

    त्यसैगरी सानिमा रिलायन्स लाइफले १ अर्ब ५७ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । मेट लाइफले १ अर्ब ४४ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । राष्ट्रिय जीवन बीमा कम्पनीले १ अर्ब ४० करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो ।

    यता प्रभु महालक्ष्मी लाइफले १ अर्ब २४ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । आइएमई लाइफ इस्योरेन्सले १ अर्ब २१ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । रिलायबल नेपाल लाइफले १ अर्ब २० करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सन नेपाल लाइफले ९३ करोड २७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।


    images

    Logo