images
images

मन्थलीबाट लुक्लाको लागि चार दिनदेखि उड्न सकेन जहाज, यात्रुहरु अलपत्र


  • 375
    SHARES
  • २०८१ कार्तिक १८ गते आइतबार

    मन्थलीबाट लुक्लाको लागि चार दिनदेखि उड्न सकेन जहाज, यात्रुहरु अलपत्र

    काठमाडौं । रामेछापको मन्थली बिमानस्थलबाट लुक्लातर्फ जाने जहाजहरुले आज चौँथो दिन पनि नियमित उडान भर्न सकेनन् । नियमित उडान हुन नसक्दा ४ दिनदेखि मन्थली बिमानस्थलमा पर्यटकहरु अलपत्र परेका छन् ।

    मौसमको खराबीका कारण आइतबार बिहानैदेखि नै नियमित उडान हुन नसकेपछि विभिन्न देशबाट घुम्नका लागि लुक्ला जान लागेका पर्यटकहरु बिगत चार दिनदेखि मन्थली बिमानस्थलमा अलपत्र परेर बसेका हुन् ।

    काठमाडौंबाट स्थलमार्ग हुँदै जहाज चढ्नका लागि पर्यटकहरु मन्थली बिमानस्थल आउने गरेका छन् ।

    मन्थलीबाट सिता एयर, समिट एयर र तारा एयरले लुक्लाको लागि उडान भर्दै आएका छन् ।

    आज लुक्ला र मन्थलीमा पनि मौसम खराब भएका कारण बिहानैदेखि जहाज उड्न नसकेको सिता एयरले जनाएकाे छ ।
    नियमित उडान नहुँदा आफुहरु समस्यामा परेको पर्यटकहरुको गुनासो छ।

    मन्थली बिमानस्थलमा बिहीबार विहानैदेखि पर्यटहरु भरिभराउ छन् ।

    रामेछापको मन्थलीबाट लुक्लाको लागि दैनिक ६० देखि ७० भन्दा बढी उडान हुने गरेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।


    images

    Logo