images
images

अक्टोबरमा मात्र नेपाल भित्रिए १ लाख २४ हजार विदेशी पर्यटक


  • 432
    SHARES
  • २०८१ कार्तिक २० गते मंगलबार

    अक्टोबरमा मात्र नेपाल भित्रिए १ लाख २४ हजार विदेशी पर्यटक

    काठमाडौं । चालू अंग्रेजी वर्ष २०२४ को अक्टोबर महिनामा १ लाख २४ हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार अक्टोबर एकै महिनामा एक लाख २४ हजार पर्यटक नेपाल भित्रिएका हुन् । 

    पर्यटकको यो संख्या कोरोना महामारीपछिका वर्षमा सबैभन्दा बढी हो भने अघिल्लो वर्षको तुलनामा ६ प्रतिशत बढी हो । कोरोना महामारीयताका वर्षमा सबैभन्दा पर्यटक भित्रिए पनि २०१९ को तुलनामा यो अझै कम हो।

    सन् २०१९ मा १ लाख ३४ हजार पर्यटक आएका थिए । यस्तै, २०२३ मा १ लाख १७ हजार पर्यटक भित्रिएका थिए । 

    अक्टोबर महिनामा भारतीय र अमेरिकी पर्यटक करिब उतिकै संख्यामा आएका छन् । भारतीय १६ हजार ३१३ जना आउँदा अमेरिकन १६ हजार २३ जना भित्रिएको पर्यटन बोर्डले संकलन गरेको तथ्यांकले देखाएको छ । तेस्रो नम्बरमा बेलायतबाट ८ हजार १९ र चौथो चीनबाट ७ हजार ७५० पर्यटक भित्रिएका छन् ।

    त्यस्तै, अस्ट्रेलियाबाट ६ हजार ९२९, जर्मनीबाट ६ हजार १८, फ्रान्सबाट ५ हजार ४८५, बंगलादेशबाट ४ हजार ४७६, श्रीलंकाबाट ३ हजार १२५ र इटालीबाट २ हजार पर्यटक भित्रिएका छन् ।


    images

    Logo