images
images

बैंक तथा वित्तीय संस्थामा खाता खोल्दा केवाईसी विवरण भर्नु नपर्ने


  • 384
    SHARES
  • २०८१ कार्तिक २१ गते बुधबार

    बैंक तथा वित्तीय संस्थामा खाता खोल्दा केवाईसी विवरण भर्नु नपर्ने

    काठमाडौं । बैंक तथा वित्तीय संस्थामा खाता खोल्दा अब ग्राहक पहिचानसम्बन्धी विवरण केवाईसी भर्नु नपर्ने भएको छ ।सरकारले गएको हप्ता जारी गरेको सम्पत्ति शुद्धिकरण निवारण नियमावलीमा खाता खोल्ने लगायतका वित्तीय काममा राष्ट्रिय परिचयपत्रको विवरणअनुसार जानकारी लिन सक्ने व्यवस्था गरेको हो ।

    यो व्यवस्थाअनुसार वित्तीय कारोबारका लागि खोलिएका बैंक तथा वित्तीय संस्था, बिमा कम्पनी, सहकारी, सेयर ब्रोकरलगायतले ग्राहकको अनुमतिमा ग्राहकको नागरिकता वा राष्ट्रिय परिचयपत्रको अभिलेखसम्म पहुँच पुर्‍याएर विद्युतीय माध्यमबाटै केवाईसीसम्बन्धी विवरण लिन सक्नेछन् ।

    नियमावलीको व्यवस्था बमोजिम विद्युतीय माध्यमबाट ग्राहकको परिचयको पहुँचसम्म पुग्न सक्ने अनलाइन प्रणाली विकास गर्न बाँकी भएकाले नयाँ व्यवस्था कार्‍न्वयनमा आउन भने अझै केही समय लाग्नेछ ।


    images

    Logo