काठमाडौं । नेपाल राष्ट्र बैंकले १८ करोड ३२ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेपका रुपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले विभिन्न कोषमा रहेको कुल १८ करोड ३२ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपका रुपमा लगानी गर्ने भएको हो।
राष्ट्र बैंकले वाणिज्य बैंकहरुमा १४ करोड ६७ लाख, राष्ट्रियस्तरका विकास बैंकहरुमा २ करोड ७४ लाख तथा राष्ट्रियस्तरका वित्तीय संस्थाहरुमा ९१ लाख रुपैयाँ निक्षेप जम्मा गर्ने जनाएको छ।
निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले चाहेको रकम तथा ब्याजदरसहित कात्तिक २७ गते राति १२ बजेसम्म प्रस्ताव गर्न सक्नेछन् । यस्तो मुद्दति निक्षेप नोभेम्वर १९, २०२४ देखि डिसेम्वर १६ २०२५ सम्म् ३९३ दिनका लागि हुने राष्ट्र बैंकले जनाएको छ।