images
images

नेपाल टेलिकमले कमायो १ अर्ब ७३ करोड नाफा, प्रतिशेयर आम्दानी कति ?


  • 372
    SHARES
  • २०८१ कार्तिक ३० गते शुक्रबार

    नेपाल टेलिकमले कमायो १ अर्ब ७३ करोड नाफा, प्रतिशेयर आम्दानी कति ?

    काठमाडौं । सरकारको पूर्ण स्वामित्वमा रहेको दूरसञ्चार कम्पनी नेपाल टेलिमले आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

    चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले १ अर्ब ७३ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.२० प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २ अर्ब २ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

    यता, यस कम्पनीको सञ्चालन आम्दानी भने सामान्य बढेको छ । गत वर्ष ८ अर्ब ५८ करोड रुपैयाँ सञ्चालग आम्दानी गरेको कम्पनीको अहिले भने बढेर ८ अर्ब ६८ करोड रुपैयाँ नाघेको छ ।

    यता, कम्पनीको वित्तीय आम्दानी भने १ अर्ब ७५ करोडबाट घटेर १ अर्ब १७ करोड रुपैयाँमा झरेको छ । यसले गर्दा यसको नाफा प्रभावित भएको हो । टेलिकमको अन्य श्रोतबाट हुने आम्दानी पनि ३० करोड ६६ लाखबाट घटेर २० करोड ६३ लाख रुपैयाँ पुगेको छ । 

    कम्पनीको प्रतिशेयर आम्दानी ३८ रुपैयाँ ६६ पैसा रहेको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ५ सय ३५ रुपैयाँ ९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २५.८३ गुणा रहेको छ।

     

     

     


    images

    Logo