images
images

एकै महिनामा थपिए ३ लाख ३१ हजार ‘डिजिटल वालेट’ प्रयोगकर्ता


  • 361
    SHARES
  • २०८१ मंसिर ६ गते बिहीबार

    एकै महिनामा थपिए ३ लाख ३१ हजार ‘डिजिटल वालेट’ प्रयोगकर्ता

    काठमाडौं । चालू आर्थिक वर्ष २०८१/८२ को असोज महिनामा मात्रै ३ लाखभन्दा बढी  वालेट प्रयोगकर्ता थपिएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार एक महिनाको अवधिमा ३ लाख ३१ हजार ६ सय ९ जना प्रयोगकर्ता थपिएका हुन् । नेपालमा अहिलेसम्म वालेट प्रयोगकर्ताको सङ्ख्या भने २ करोड ४५ लाख ९६ हजार ९० पुगेका छन् । 

    वालेटबाट मात्रै एक महिनामा २ करोड ८९ लाख २५ हजार ४ सय ३४ पटक कारोबार भएको छ । यस्तै मोबाइल बैंकिङ प्रयोग गर्नेको सङ्ख्या पनि बढ्दो रहेको छ । भदौसम्ममा २ करोड ५२ लाख १ हजार १ सय २२ मोबाइल प्रयोगकर्ता रहेकोमा असोजमा भने ३ लाख १७ हजारले बढेर २ करोड ५५ लाख २४ हजार १ सय ८९ पुगेको छ । यस्तै, इन्टरनेट बैंकिङ प्रयोग गर्ने प्रयोगकर्ता पनि असोजमा ३९ हजार ७ सय ७ जना थपिएका छन् । 

    यस्तै कनेक्ट आइपीएस प्रयोग गर्नेको सङ्ख्या पनि असोजमा १२ हजार ३ सय १९ ले थपिएर १२ लाख २७ हजार ४ सय ६७ पुगेको छ ।  यस्तै, एक महिनामा डेबिड कार्ड प्रयोग गर्नेको सङ्ख्या पनि ६४ हजार ३ सय ३४ थपिएको छ । योसंगै अहिलेसम्म डेबिड कार्ड प्रयोग गर्नेको सङ्ख्या १ करोड ३१ लाख ६१ हजार ४ सय ५९ पुगेको छ ।


    images

    Logo