images
images

राष्ट्र बैंकले गर्यो २ लघुवित्तलाई जरिवाना, ७ लाई निर्देशन उल्लंघनका लागि कारबाही


  • 372
    SHARES
  • २०८१ मंसिर १० गते सोमबार

    राष्ट्र बैंकले गर्यो २ लघुवित्तलाई जरिवाना, ७ लाई निर्देशन उल्लंघनका लागि कारबाही

    काठमाडौं । नेपाल राष्ट्र बैंकले गत वर्ष विभिन्न २ वटा लघुवित्त वित्तीय संस्थालाई कारवाही स्वरूपमा जरिवाना तिराएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा न्यूनतम अनिवार्य नगद अनुपात कायम गर्नुपर्ने व्यवस्थाको पालना नगरेका २ वटा लघुवित्त संस्थालाई कारबाही स्वरूप हर्जाना लगाइएको राष्ट्र बैंकले जनाएको छ । तर, कुन संस्था हुन भनेर नाम भने खुलाइएको छैन ।

    गत वर्ष राष्ट्र बैंकले ४० वटा लघुवित्तको स्थलगत निरीक्षण गरेको थियो भने ३ वटा लघुवित्तको विशेष स्थलगत निरीक्षण गरेको थियो ।

    पुनरकर्जा, व्यवसायिक कर्जा, र सहुलियतपूर्ण कर्जाको सदुपयोगसम्बन्धी अध्ययनका क्रममा २ वटा लघुवित्तले नियम उल्लंघन गरेको पाइएको छ। यसका साथै, निर्देशनको पालना नगरेको आधारमा थप ७ वटा लघुवित्तलाई कारबाही र निर्देशन जारी गरिएको छ।

    संस्थागत सुधारको क्रममा, राष्ट्र बैंकले २७ वटा लघुवित्तका प्रमुख कार्यकारी अधिकृतलाई औपचारिक निर्देशन दिएको छ।

    राष्ट्र बैंकको तथ्यांकअनुसार, गत असार मसान्तसम्म लघुवित्त संस्थाहरूको कुल सम्पत्ति ५ खर्ब ५३ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ। ती संस्थाहरूको कुल निक्षेप १ खर्ब ७६ अर्ब ६६ करोड रुपैयाँ र सापटी २ खर्ब ३० अर्ब ७५ करोड रुपैयाँ रहेको छ। साथै, कुल कर्जा प्रवाह ४ खर्ब ५५ अर्ब ८५ करोड रुपैयाँमा पुगेको छ भने लगानी १० अर्ब १९ करोड रुपैयाँमा सीमित रहेको छ।


    images

    Logo