images
images

धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त


  • 454
    SHARES
  • २०८१ मंसिर १० गते सोमबार

    धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त

    काठमाडौं । धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

    यसअघि विद्युत् प्राधिकरणको सञ्चालक समेत रहेका उनी व्यावसायिक पृष्ठभूमिका हुन् । उनले एमबीएसम्मको अध्ययन गरेका छन् ।  

    सेबोन अध्यक्षका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीको संयोजकत्वमा गठन गरिएको समितिले तीन जनाको नाम अर्थ मन्त्रालयमा सिफारिस गरेको थियो।

    जसमा कार्यकारी निर्देशक डा। नवराज अधिकारी, कार्यकारी निर्देशक मुक्ति श्रेष्ठ र सन्तोषनारायण श्रेष्ठको नाम समावेश थियो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सन्तोष नारायण श्रेष्ठलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो । बोर्डको अध्यक्ष पद २०८० पुस २० गतेदेखि रिक्त रहेको थियो ।

     

     


    images
    images

    Logo