images
images

स्ट्यान्डर्ड चार्टर्ड बैंकको सीईओमा गोरख राणा नियुक्त


  • 495
    SHARES
  • २०८१ मंसिर २५ गते मंगलबार

    स्ट्यान्डर्ड चार्टर्ड बैंकको सीईओमा गोरख राणा नियुक्त

    काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गोरख शमशेर राणा नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बैठकले राणालाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

    यससँगै बैंकको सीईओ बन्ने पहिलो नेपाली नागरिक बनेका छन् राणा । सन् १९८७ मा सञ्चालनमा आएको बैंकले विदेशी नागरिकलाई नै सीईओ बनाउँदै आएको थियो । तर, यसपटक भने बैंकले नेपाली नागरिकलाई नै बैंकको व्यवस्थापकिय नेतृत्व दिने निर्णय गरेको हो ।

    रााणले ग्रिनलेज बैंकबाट बैंकिङ करियर सुरु गरेका हुन् । ग्रिनलेज बैंकलाई स्ट्याण्डर्ड चार्टर्ड बैंकले किनेपछि उनी पनि स्ट्याण्डर्ड चार्टर्ड बैंकमा नै काम गर्दै आएका थिए । यसअघि उनी बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदमा कार्यरत थिए ।

    डीसीईओ हुँदा उनले प्रमुख कमर्सियल, कर्पोरेट र संस्थागत बैंकिङ्ग, ग्राहक कभरेजको जिम्मेवारी समेत सम्हालेका थिए । तीन दशक बढी बैंकिङ अनुभव रहेको राणाले एमबिए गरेका छन् ।

    स्ट्याण्डर्ड चार्टर्ड बैंकमा स्ट्याण्डर्ड चार्टर्ड ग्रुपको ७०.२१ प्रतिशत विदेशी बैंकको सेयर स्वामित्व छ । त्यसमध्ये स्ट्यान्डर्ड चार्टर्ड ग्रिन्डलेजको ४६.८१ प्रतिशत र स्ट्यान्डर्ड चार्टर्ड बैंक यूकेको २३.४ प्रतिशत शेयर स्वामित्व छ । बैंकमा नेपाली सर्वसाधारणको २९.७९ प्रतिशत स्वामित्व रहेको छ ।


    images

    Logo