images
images

१०७ प्रतिशतसम्म बढ्यो वाणिज्य बैंकको नाफा, कुन बैंकको कति ?


  • 405
    SHARES
  • २०८१ मंसिर २५ गते मंगलबार

    १०७ प्रतिशतसम्म बढ्यो वाणिज्य बैंकको नाफा, कुन बैंकको कति ?

    काठमाडौं । चालू आर्थिक वर्षको पहिलो ४ महिनामा वाणिज्य बैंकहरुको नाफा ७.५६ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकमा यस्तो अवस्था देखिएको हो । 

    गत आर्थिक वर्षको साउनदेखि कात्तिक महिना सम्ममा २० वटा वाणिज्य बैंकहरुले २० अर्ब ७३ करोड २२ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए । उक्त नाफा यस वर्षको सोही अवधिमा ७.५६ प्रतिशतले बढेर २२ अर्ब २९ करोड ८६ लाख रुपैयाँ पुगेको छ । 

    अघिलो वर्षको तुलनामा यो वर्ष कात्तिकसम्म १३ वटा वाणिज्य बैंकको नाफा बढेको छ भने ६ वटाको घटेको छ । एउटा बैंक भने घाटामा रहेको छ ।

    Profit of Commercial Bank in Kartik.jpg
    Source : Nepal Rastra Bank

    समीक्षा अवधिसम्म सबैभन्दा बढी नाफा आर्जन गर्ने वाणिज्य बैंकमा नबिल बैंक अगाडि रहेको छ । यो बैंकले २ अर्ब ६९ करोड १० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको तुलनामा बैंकको नाफा २४.०३ प्रतिशतले बढेको छ ।

    दोस्रोमा ग्लोबल आइएमई बैंक रहेको छ । यो बैंकले २ अर्ब ११ करोड ४० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको बैंकको नाफा ८.५ प्रतिशतले बढेको छ ।

    तेस्रोमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक रहेको छ । यो बैंकले १ अर्ब ८२ करोड ९ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्षको तुलनामा नाफा २.४६ प्रतिशतले घटेको छ ।

    यसैगरी समीक्षा अवधिमा प्राइम कमर्सियल बैंकले १ अर्ब ६२ करोड ६४ लाख रुपैयाँ, कुमारी बैंकले १ अर्ब ५९ करोड ४ लाख रुपैयाँ, एभरेष्ट बैंकले १ अर्ब ५० करोड ९३ लाख रुपैयाँ, एनएमबि बैंकले १ अर्ब ४८ करोड ३२ लाख रुपैयाँ र प्रभु बैंकले १ अर्ब २३ करोड १० लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।

    कात्तिकसम्म स्ट्यान्डर्ड चार्टर्ड बैंकले १ अर्ब १३ करोड ७३ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकले १ अर्ब ६ करोड ९४ लाख रुपैयाँ, नेपाल एसबीआई बैंकले १ अर्ब ७१ लाख रुपैयाँ, नेपाल बैंकले ९३ करोड ८८ लाख रुपैयाँ र हिमालयन बैंकले ९१ करोड ८८ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।

    ४ महिनामा माछापुच्छ्रे बैंकले ६८ करोड ९७ लाख रुपैयाँ, सिद्धार्थ बैंकले ६६ करोड ७८ लाख रुपैयाँ, सानिमा बैंकले ६५ करोड १३ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले ५५ करोड २७ लाख रुपैयाँ, सिटिजन्स बैंकले ४३ करोड ८६ लाख रुपैयाँ र एनआईसी एसिया बैंकले ३८ करोड ८१ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।

    कृषि विकास बैंकले २२ करोड ७७ लाख रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो वर्ष यही अवधिसम्म पनि कृषि विकास बैंकले २७ करोड ८८ लाख रुपैयाँ घाटा व्यहोरेको थियो ।

    नाफा वृद्धिदरका हिसाबले लक्ष्मी सनराइज बैंक अग्रस्थानमा रहेको छ । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा यो बैंकको को नाफा १०७.२६ प्रतिशतले बढेको छ । सिद्धार्थ बैंकले पनि १००.०२ प्रतिशत र कुमारीले ७९.०९ प्रतिशतले नाफा बढाएका छन् ।

    एनआईसी एसिया बैंकको सबैभन्दा बढीले घटेको छ । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा यो बैंकको नाफामा ७१.८३ प्रतिशतले घटेको छ ।

    अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा राष्ट्रिय वाणिज्य बैंकको नाफा ५४.१९ प्रतिशतले घट्दा हिमालयन बैंकको ३९.०१ प्रतिशत, सिटिजन्स बैंकको २४.६९ प्रतिशत र सानिमा बैंकको १६.२७ प्रतिशतले घटेको छ ।

    bank.jpg
    Source : Nepal Rastra Bank

     


    images

    Logo