images
images

२० मध्ये ११ वटा वाणिज्य बैंकले मात्रै लाभांश बाँड्ने, ९ वटा भने नबाड्ने


  • 350
    SHARES
  • २०८१ माघ ३ गते बिहीबार

    २० मध्ये ११ वटा वाणिज्य बैंकले मात्रै लाभांश बाँड्ने, ९ वटा भने नबाड्ने

    काठमाडौं । सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकमध्ये ११ वटा बैंकले मात्रै सेयरधनीलाई लाभांश दिने भएका छन् । बाँकी ९ वटा बैंकले भने यस बर्ष हातखाली बनाउने भएका छन् । 

    आर्थिक बर्ष २०८०।८१ को नाफाबाट लाभांश दिनेमा स्ट्यान्डर्ड चार्टर्ड बैंक, एभरेष्ट बैंक, नेपाल एसबीआई बैंक, कृषि विकास बैंक, नबिल बैंक, ग्लोबल आईएमई बैंक, सानिमा बैंक, लक्ष्मी सनराइज बैंक, प्राइम कमर्सियल बैंक र सिद्धार्थ बैंक रहेका छन् । लाभांश दिएका ११ वाणिज्य बैंकमध्ये ४ वटा बैंकले नगद लाभांश मात्रै दिएका छन् भने ३ वटा बैकले बोनस मात्रै दिएका छन् । 

    लाभांश नदिने बैंकहरुमा प्रभु बैंक, एनएमबी बैंक, माछापुच्छ्रे बैंक, कुमारी बैंक, हिमालयन बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नेपाल बैंक, एनआईसी एसिया बैंक र राष्ट्रिय वाणिज्य बैंक रहेका छन् । 

    लाभांश घोषणा गरेका वाणिज्य बैंकहरुमा सबैभन्दा बढी स्ट्यान्डर्ड चार्टर्ड बैंकले लाभांश दिएको छ । बैंकले साढे २५ प्रतिशत लाभांश दिएको छ । जसमा साढे ६ प्रतिशत बोनस शेयर र १९ प्रतिशत नगद लाभांश रहेको छ।

    त्यसपछि १० प्रतिशत बढी लाभांश दिने बैंकहरुमा एभरेष्ट बैंक, नेपाल एसबीआई बैंक, कृषि विकास बैंक र नबिल बैंक रहेका छन् । एभरेष्ट बैंकले १० प्रतिशत बोनस र ५.५३ प्रतिशत नगद गरेर १०.५३ प्रतिशत लाभांश दिएको छ भने नेपाल एसबीआई बैंकले ३.८ प्रतिशत बोनस र ६.८५ प्रतिशत नगद लाभांश गरी १०.६५ प्रतिशत लाभांश दिएका छन् । कृषि विकास बैंकले ३ प्रतिशत बोनस र ७.५३ प्रतिशत नगद गरी १०.५३ प्रतिशत लाभांश दिएको छ । नबिल बैंकले भने १० प्रतिशत पुरै नगद लाभांश मात्रै दिएको छ ।

    अन्य ६ वटा बैंकले भने ५ प्रतिशतको हाराहारीमा मात्रै लाभांश दिएका छन् । ग्लोबल आईएमई बैंकले यसपटक साढे ५ प्रतिशत बोनस शेयर दिएको छ भने सानिमा बैंकले ५.२६३ प्रतिशत नगद लाभांश दिएको छ । लक्ष्मी सनराइज बैंकले पनि ५ प्रतिशत बोनस र त्यसमा लाग्ने करबापत् ०.२६ प्रतिशत कर गरेर ५.२६ प्रतिशत लाभांश दिएको छ। प्राइम कमर्सियल बैंक र सिद्धार्थ बैंकले क्रमशः ५ र ४ प्रतिशत नगद लाभांश मात्रै दिएका छन् भने सिटिजन्स बैंक इन्टरनेसनलले यसपटक ४ प्रतिशत बोनस शेयर र ०.२१ प्रतिशत कर प्रयोजनको लागि लाभांश गरेर ४.२१ प्रतिशत लाभांश घोषणा गरेको छ ।


    images

    Logo