images
images

४९ प्रतिशतले बढ्यो ग्लोबल आइएमई बैंकको नाफा, प्रतिशेयर आम्दानी कति ?


  • 378
    SHARES
  • २०८१ माघ ७ गते सोमबार

    ४९ प्रतिशतले बढ्यो ग्लोबल आइएमई बैंकको नाफा, प्रतिशेयर आम्दानी कति ?

    काठमाडौं । ग्लोबल आइएमई बैंकको नाफा ४९ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले ३ अर्ब ५ करोड ३४ लाख रुपैयाँ नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४९.५१ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ४ करोड २३ लाख रुपैयाँ नाफा कमाएको थियो।

    पुस मसान्तसम्ममा बैंकले ८ अर्ब २९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ९ अर्ब २ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

    पुस मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ६४ करोड ५३ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १२ रुपैयाँ ४९ पैसा रहेको छ।

    ३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २६ अर्ब ५२ करोड २७ लाख रुपैयाँ सञ्चित छ। पुस मसान्तसम्ममा बैंकले ५ खर्ब १३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब ७ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ।

    बैंकको प्रतिशेयर आम्दानी १६ रुपैयाँ २ पैसा पुगेको छ। पुस मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १६९ रुपैयाँ ५८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १३.८६ गुणा रहेको छ।


    images

    Logo