images
images

हिमालयन बैंकले कमायो १ अर्ब ५१ करोड नाफा, प्रतिशेयर आम्दानी कति ?


  • 373
    SHARES
  • २०८१ माघ ७ गते सोमबार

    हिमालयन बैंकले कमायो १ अर्ब ५१ करोड नाफा, प्रतिशेयर आम्दानी कति ?

    काठमाडौं । हिमालयन बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा १ अर्ब ५१ करोड ८७ लाख रुपैयाँ नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.९८ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ५० करोड ३९ लाख रुपैयाँ नाफा कमाएको थियो।

    पुस मसान्तसम्ममा बैंकले ५ अर्ब २३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ५ अर्ब ८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

    सो बैंकको वितरणयोग्य मुनाफा  ३ अर्ब ९५ करोड ९ लाख रुपैयाँ ऋणात्मक रहेको छ। २१ अर्ब ६५ करोड ६६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १६ अर्ब ४८ करोड रुपैयाँ सञ्चित छ। पुस मसान्तसम्ममा बैंकले २ खर्ब ९८ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३० अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ।

     

     


    images

    Logo