काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले २७ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६८.२० प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ८६ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
पुस मसान्तसम्ममा बैंकले ५ अर्ब ३१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ५ अर्ब ७२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
कम्पनीको वितरणयोग्य मुनाफा ६ अर्ब ४७ करोड रुपैयाँ ऋणात्मक रहेको छ । पुस मसान्तसम्ममा बैंकले ३ खर्ब ४८ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ७५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ।
२६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ८ अर्ब ७८ करोड ८८ लाख रुपैयाँ सञ्चित छ।
बैंकको प्रतिशेयर आम्दानी २ रुपैयाँ १० पैसा रहेको छ। पुस मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १३३ रुपैयाँ ५१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ९९.५२ गुणा रहेको छ।


