images
images

५७ प्रतिशतले बढ्यो नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा, प्रतिशेयर आम्दानी कति ?


  • 361
    SHARES
  • २०८१ माघ ७ गते सोमबार

    ५७ प्रतिशतले बढ्यो नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा, प्रतिशेयर आम्दानी कति ?

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ५७ले बढेको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले २ अर्ब ८३ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५७.१८ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ८० करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

    पुस मसान्तसम्ममा बैंकले ७ अर्ब ३६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ७ अर्ब ५४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

    त्यस्तै, सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ८६ करोड ३५ लाख रुपैयाँ ऋणात्मक रहेको छ। ३४ अर्ब १२ करोड ८५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २९ अर्ब २ करोड ६९ लाख रुपैयाँ सञ्चित छ । पुस मसान्तसम्ममा बैंकले ४ खर्ब ४० अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब २८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।

    नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ६ रुपैयाँ ४ पैसा बढेर १६ रुपैयाँ ६० पैसा पुगेको छ। पुस मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १८५ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात १२.७१ गुणा रहेको छ। 


    images

    Logo