images
images

प्रभु बैंकको नाफा ८५ प्रतिशतले बढ्यो, अन्य सुचक कस्ता ?


  • 387
    SHARES
  • २०८१ माघ ७ गते सोमबार

    प्रभु बैंकको नाफा ८५ प्रतिशतले बढ्यो, अन्य सुचक कस्ता ?

    काठमाडौं । प्रभु बैंकको नाफा ८५ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले १ अर्ब ३३ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८५.४९ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ७२ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

    पुस मसान्तसम्ममा बैंकले ४ अर्ब ८६ करोड  रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ४ अर्ब ७६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

    त्यस्तै, सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ३३ करोड रुपैयाँ ऋणात्मक रहेको छ । २३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १० अर्ब ५४ करोड ४९ लाख रुपैयाँ सञ्चित छ। पुस मसान्तसम्ममा बैंकले ३ खर्ब ४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब १९ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ।

    नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ५ रुपैयाँ २३ पैसा बढेर ११ रुपैयाँ ३५ पैसा पुगेको छ। पुस मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १४४ रुपैयाँ ७९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १९.३६ गुणा रहेको छ।  


    images

    Logo