काठमाडौं । नेपाल बैंकको नाफा २१ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले ४६ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २१.८७ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ५९ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।
पुस मसान्तसम्ममा बैंकले ४ अर्ब ६२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ४ अर्ब ६३ खुद ब्याज आम्दानी गरेको थियो ।
त्यस्तै, सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ६० करोड ७१ लाख रुपैयाँ रहेको छ। पुस मसान्तसम्ममा बैंकले ३ खर्ब ५ अर्ब निक्षेप संकलन गरि २ खर्ब ९ अर्ब कर्जा प्रवाह गरेको छ ।
१४ अर्ब ६९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २३ अर्ब १९ करोड रुपैयाँ सञ्चिति रहेको छ। बैंकको प्रतिशेयर आम्दानी ६.२७ रुपैयाँ र प्रतिशेयर नेटवर्थ २६१.९६ रुपैयाँ रहेको छ।


