images
images

१५ प्रतिशतले घट्यो सिटिजन्स बैंकको नाफा, अन्य सूचक कस्तो ?


  • 370
    SHARES
  • २०८१ माघ ७ गते सोमबार

    १५ प्रतिशतले घट्यो सिटिजन्स बैंकको नाफा, अन्य सूचक कस्तो ?

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलको नाफा १५ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले ६६ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको हो। यो गत आवको सोही अवधिको तुलनामा १५।४५ प्रतिशत कम हो। गत आवको यसै अवधिमा बैंकले ७८ करोड २७ लाख रुपैयाँ नाफा कमाएको थियो।

    पुस मसान्तसम्ममा बैंकले  ३ अर्ब ७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले २ अर्ब ८३ करोड खुद ब्याज आम्दानी गरेको थियो ।

    त्यस्तै, सो अवधिसम्ममा बैंकले १ खर्ब ६१ अर्ब ३५ करोड प्रवाह गरि १ खर्ब ९३ अर्ब ८१ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । 

    १४ अर्ब ७६ करोड ९० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा रुपैयाँ सञ्चिति रहेको छ। बैंकको प्रतिशेयर आम्दानी ८.९६ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १५०.३९ रुपैयाँ रहेको छ।  

     


    images

    Logo