images
images

९२ प्रतिशत सम्मले घट्यो वाणिज्य बैंकको नाफा, ६ महिनामा कुनले कति कमाए ?


  • 486
    SHARES
  • २०८१ माघ ७ गते सोमबार

    ९२ प्रतिशत सम्मले घट्यो वाणिज्य बैंकको नाफा, ६ महिनामा कुनले कति कमाए ?

    काठमाडौं । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा वाणिज्य बैंकको नाफा ४.६१ प्रतिशतले घटेको छ । बैंकहरुले प्रकाशन गरेको दोस्रो त्रैमाससम्मको वित्तिय विवरणमा बैंकहरुको नाफा घटेको देखिएको हो । 

    गत आर्थिक वर्ष २०८०–८१ को दोस्रो त्रैमाससम्ममा २० वाणिज्य बैंकहरुले २८ अर्ब ७६ करोड ५२ लाख रुपैयाँ नाफा गरेका थिए । उक्त नाफा यसपटक ४.६१ प्रतिशतले घटेर २७ अर्ब ४३ करोड ७७ लाख रुपैयाँमा सिमित भएको छ । 

    हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरु मध्ये ११ बैंकको नाफा बढेको छ । यो अवधिमा नाफा वृद्धि गर्ने बैंकहरुमा प्रभू बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, ग्लोबल आईएमई बैंक, एनएमबी बैंक, एभरेष्ट बैंक, लक्ष्मी सनराईज बैंक, नेपाल एसबीआई बैंक, सानिमा बैंक, नबिल बैंक, हिमालयन बैंक र माछापुच्छ्रे बैंक रहेका छन् । अन्य बैंकहरु स्ट्याण्डर्ड चार्टर्ड बैंक, प्राइम कमर्सियल बैंक, सिटिजन्स बैंक, नेपाल बैंक, कृषि विकास बैंक, सिद्धार्थ बैंक, राष्ट्रिय वाणिज्य बैंक, कुमारी बैंक र एनआईसी एशिया बैंकको नाफा भने घटेको छ । 

    Profit of 2nd quarter.jpg
    Amount in thousands

    कसको कति नाफा ?

    नाफा बढेका वाणिज्य बैंकहरु मध्ये प्रभू बैंकको नाफा सर्वाधिक ८५.४८ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षमा ७२ करोड ३ लाख रुपैयाँ नाफा गरेको सो बैंकको नाफा यसपटक बढेर १ अर्ब ३३ करोड ६१ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ५७.१८ प्रतिशत, ग्लोबल आईएमई बैंकको ४९.५१ प्रतिशत, एनएमबी बैंकको ४५.६० प्रतिशत र एभरेष्ट बैंकको २१.१० प्रतिशतले नाफा बढेको छ । 

    चालू आर्थिक वर्षको दोस्रोलो त्रैमासमा नबिल बैंकले सर्वाधिक ३ अर्ब २४ करोड रुपैयाँ नाफा कमाएको छ । त्यस्तै, ग्लोबल आईएमई बैंकको नाफा पनि ३ अर्ब ५ करोड भन्दा बढी रहेको छ । 

    Table.jpg
    Amount in Thousands

    ९ बैंकको नाफा घट्यो

    समीक्षा अवधिमा ९ वाणिज्य बैंकको खुद नाफा भने घटेको छ । यसरी नाफा घटाउनेमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, माछापुच्छ्रे बैंक, सिटिजन्स बैंक, सानिमा बैंक, हिमालयन बैक, राष्ट्रिय वाणिज्य बैंक र एनआईसी एशिया बैंक रहेका छन् । 

    जसमध्ये एनआईसी एशिया बैंकको सर्वाधिक ९२.०३ प्रतिशत घटेको छ । त्यस्तै, कुमारी बैंकको ६८.२० प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ६२.१३ प्रतिशत, सिद्धार्थ बैंकको ५३.३५ प्रतिशत, बृषि विकास बैंकको २९.३४ प्रतिशत र नेपाल बैंकको नाफा २१.७४ प्रतिशतले घटेको छ ।


    images

    Logo