images
images

नबिल बैंकले कमायो ३ अर्ब २४ करोड नाफा, प्रतिशेयर आम्दानी कति ?


  • 330
    SHARES
  • २०८१ माघ ७ गते सोमबार

    नबिल बैंकले कमायो ३ अर्ब २४ करोड नाफा, प्रतिशेयर आम्दानी कति ?

    काठमाडौं । नबिल बैंकले ३ अर्ब २४ करोड नाफा कमाएको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले३ अर्ब २४ करोड ४२ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत आर्थिक बर्षको सोही अवधिको तुलनामा १.२८ प्रतिशत बढी हो । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले ३ अर्ब २० करोड ३० लाख रुपैयाँ नाफा कमाएको थियो ।

    यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ४.२१ प्रतिशतले घटेर ७ अर्ब ८९ करोड ५९ लाख रुपैयाँ रहेको छ ।  अघिल्लो वर्ष ब्याज आम्दानी ८ अर्ब २४ करोड ३३ लाख रुपैयाँ थियो।

    बैंकको सञ्चालन मुनाफा १३.५१ प्रतिशतले बढेर ५ अर्ब १७ करोड ७४ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष सञ्चालन मुनाफा ४ अर्ब ५६ करोड ११ लाख रुपैयाँ थियो। 

    २७ अर्ब ५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा १ अर्ब ८९ करोड १७ लाख रुपैयाँ संञ्चित छ । समीक्षा अवधिसम्म बैंकले ४ खर्ब ८० अर्ब २४ करोड रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब ९१ अर्ब ६१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। 

    बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी बढेर २४.०५ रुपैयाँ कायम भएको छ भने प्रतिशेयर नेटवर्थ २१९.०१ रुपैयाँ रहेको छ।


    images

    Logo