images
images

जीवन बीमा कम्पनीले पुससम्ममा आर्जन गरे ८० अर्ब ६६ करोड रुपैयाँ कुल बीमा शुल्क


  • 332
    SHARES
  • २०८१ माघ ९ गते बुधबार

    जीवन बीमा कम्पनीले पुससम्ममा आर्जन गरे ८० अर्ब ६६ करोड रुपैयाँ कुल बीमा शुल्क

    काठमाडौं । जीवन बीमा कम्पनीले पुससम्ममा ८० अर्ब ६६ करोड बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्याङक अनुसार यी कम्पनीहरुले १ करोड ३३ लाख ७२ हजार १ सय ९ वटा बीमालेख जारी गरी ८० अर्ब ६६ करोड ३८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् ।

    यस अवधिमा सबैभन्दा धेरै नेपाल लाइफले कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीले यस अवधिमा २२ अर्ब ४५ करोड ७७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । त्यस्तै, दोस्रोमा नेशनल लाइफ रहेको छ । कम्पनीले यस अवधिमा ९ अर्ब ६० करोड ८० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । 

    यसैगरि, तेस्रोमा एलआइसी नेपाल रहेको छ । कम्पनीले यस अवधिमा ९ अर्ब ४६ करोड कुल बीमाशुल्क संकलन गरेको छ । हिमालयन लाइफले ८ अर्ब ३३ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

    सूर्यज्योति लाइफले ५ अर्ब ६ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । एशियन लाइफले ४ अर्ब २१ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सिटिजन लाइफले ३ अर्ब ३८ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सानिमा रिलायन्स लाइफले ३ अर्ब २४ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

    त्यस्तै, मेट लाइफले २ अर्ब ८६ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । राष्ट्रिय जीवन बीमा कम्पनीले २ अर्ब ७७ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । आइएमई लाइफले २ अर्ब ४४ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । 

    यस्तै, प्रभु महालक्ष्मी लाइफले २ अर्ब ४२ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । रिलायबल नेपाल लाइफले २ अर्ब ३८ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सन नेपाल लाइफले २ अर्ब रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।


    images

    Logo