images
images

सगरमाथा चढ्दा तिर्नुपर्ने रोयल्टी बढ्यो, अब कति पर्छ ?


  • 526
    SHARES
  • २०८१ माघ १० गते बिहीबार

    सगरमाथा चढ्दा तिर्नुपर्ने रोयल्टी बढ्यो, अब कति पर्छ ?

    काठमाडौं । नेपाल सरकारले सगरमाथा आरोहणको अनुमति शुल्क (रोयल्टी)  बढाएको छ । विदेशीहरूको लागि आरोहण शुल्क ११ हजार अमेरिकन डलरबाट बढाएर १५ हजार डलर पुर्‍याइएको छ, जो ३६ प्रतिशत बढी हो ।

    नयाँ दर आगामी सेप्टेम्बर १, २०२५ देखि लागू हुने, यो वसन्तमा माउन्ट एभरेस्ट चढ्न चाहनेहरूले बढी शुल्क तिर्नु संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएकाे छ । 

    यसैबीच नेपाल र चीनको बीचमा रहेको विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने योजनामा ​​रहेकाले शरद ऋतुमा ५ हजार ५ सय डलरको सट्टा ७ हजार ५ सय डलर तिर्नुपर्नेछ । जाडो र मनसुन सिजनको शुल्क ३७५० बाट २७५० सम्म बढेको छ ।

    नेपाली आरोहीका लागि शुल्क ७५,००० नेपाली रुपैयाँ (लगभग ५४५० अमेरिकन डलर) बाट दोब्बर भएर १,५०,००० रुपैयाँ लगभग (१,०९० डलर) पुगेको छ । नेपालले पछिल्लो पटक जनवरी १, २०१५ मा पर्वतारोहण अनुमति शुल्क परिमार्जन गरेको थियो ।

    माउन्ट एभरेष्टलाइ नेपालमा सगरमाथा  र चीनमा कोमोलाङ्मा भनेर चिनिन्छ, समुद्र सतह माथि पृथ्वीको सबैभन्दा अग्लो हिमाल हो । यसको उचाइ ८,८४८.८६ मिटर छ, जुन हालै सन् २०२० मा चिनियाँ र नेपाली अधिकारीहरूले तय गरेका थिए ।


    images

    Logo