काठमाडौं । चालु आर्थिक वर्षको दोस्रौ त्रैमाससम्मको अवधिमा निर्जीवन बीमा कम्पनीहरुले २० अर्ब ८८ करोड ३५ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन् ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार निर्जीवन बीमा कम्पनीहरुले कुल १३ लाख ८९ हजार ३ सय १९ वटा बीमा पोलिसी बिक्री गरी कुल २० अर्ब ८८ करोड ३५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् ।
बीमा शुल्क आर्जनमा शिखर इन्स्योरेन्स पहिलो स्थानमा रहेको छ । कम्पनीले ६ महिनामा २ अर्ब ५९ करोड रुपैयाँ बराबर कुल बीमा शुल्क आर्जन गरेको छ । बीमा शुल्क आर्जनमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स दोस्रो स्थानमा रहेको छ । कम्पनीले यस अवधिमा २ अर्ब ५५ करोड रुपैयाँको व्यवसाय आर्जन गरेको छ ।
तथ्यांक अनुुसार तेस्रो स्थानमा रहेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २ अर्ब १३ करोड रुपैयाँ र आईजिआई प्रुडेन्सियल इन्स्योरेन्सले १ अर्ब ७३ करोड रुपैयाँ र हिमालयन एभरेष्ट इन्स्योरेन्सले १ अर्ब ७१ करोड रुपैयाँको व्यवसाय गरेका छन् ।
त्यस्तै, नेको इन्स्योरेन्स कम्पनीले १ अर्ब ६६ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । एनएलजी इन्स्योरेन्स कम्पनीले १ अर्ब ४० करोड, प्रभु इन्स्योरेन्सले ९० करोड ३९ लाख,राष्ट्रिय बीमा कम्पनीले ७१ करोड २१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । नेशनल इन्स्योरेन्सले ६२ करोड १९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
त्यसैगरी ओरिएन्टल इन्स्योरेन्स कम्पनीले १ अर्ब ३४ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । यूनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब २० करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सानिमा जिआईसी इन्स्योरेन्सले १ अर्ब १९ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । नेपाल इन्स्योरेन्सले १ अर्ब ९ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।


