काठमाडौं । २० वटा वाणिज्य बैंकको चुक्तापुँजी पौने ४ खर्ब नाघेको छ । बैंकहरुले सार्वजनिक गरेको चालुआर्थिक बर्ष २०८१/८२ को दोस्रो त्रैमाससम्मको तथ्याङक अनुसार पुस मसान्तसम्ममा बैंकहरुको चुक्तापुँजी ३ खर्ब ७८ अर्ब ९१ करोड रुपैयाँ पुगेको हो ।
२० अर्ब भन्दा बढी चुक्तापुँजी रहेको बैंकहरु :
२० वाणिज्य बैंक मध्ये ७ वटा बैंकहरुको चुक्तापुँजी २० अर्ब भन्दा मार्थि रहेको छ । जसमा ग्लोवल आइएमई बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, नविल बैंक, हिमालयन बैंक, कुमारी बैंक, लक्ष्मी सनराइज बैंक र प्रभु बैंक रहेका छन् ।
– ग्लोवल आइएमई बैंक ३६ अर्ब १२ करोड
– नेपाल इन्भेष्टमेन्ट बैंक ३४ अर्ब १२ करोड
– नविल बैंक २७ अर्ब ०५ करोड
– हिमालयन बैंक २१ अर्ब ६५ करोड
– कुमारी बैंक २६ अर्ब २२ करोड
– लक्ष्मी सनराइज बैंक २३ अर्ब १८ करोड
– प्रभु बैंक २३ अर्ब ५४ करोड
१० देखि २० अर्बसम्म चुक्तापुँजी रहेको बैंकहरु :
हालसञ्चालनमा रहेका बाणिज्य बैंकमध्ये १२ वटाको चुक्तापुँजी १० देखि २० अर्बसम्म रहेको छ । जसमा प्राइम कर्मशियल, एनएमबी बैंक, कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक, एनआईसी एशिया बैंक, नेपाल बैंक, सानिमा बैंक, माछापुच्छे बैंक, एभरेष्ट्र बैंक, नेपाल एसविआई बैंंक, सिद्धार्थ बैंक र सिटिजन्स बैंक रहेका छन् ।
– प्राइम कर्मशियल बैंक १९ अर्ब ४० करोड
– एनएमबी बैंक १८ अर्ब ३६ करोड
– कृषि विकास बैंक १८ अर्ब ८८ करोड
– सिद्धार्थ बैंक १४ अर्ब ०८ करोड
– एनआईसी एशिया बैंक १४ अर्ब ९१ करोड
– नेपाल बैंक १४ अर्ब ६९ करोड
– राष्ट्रिय वाणिज्य बैंक १५ अर्ब ६३ करोड
– सिटिजन्स बैंक १४ अर्ब २० करोड
– सानिमा बैंक १३ अर्ब ५८ करोड
– एभरेष्ट्र बैंक ११ अर्ब ७६ करोड
– माछापुच्छे बैंक ११ अर्ब ६२ करोड
– नेपाल एसविआई बैंंक १० अर्ब ५० करोड
१० अर्ब भन्दा कम चुक्तापुँजी रहेको बैंक
हालसम्म सञ्चालमा रहेको बैंकहरुमध्ये स्टान्डर्ड चाटर्ड बैंकको मात्रै चुक्ता पुँजी १० अर्ब भन्दा कम रहेको छ । आर्थिक बर्ष २०८१– ८२ को दोस्रो त्रैमाससम्म आइपुग्दा सो बैंकको चुक्तापुँजी ९ अर्ब ४२ करोड पुगेको छ ।


