काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ । कार्यालयले १ वर्षको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो ।
माघ २२ गते मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि आज १० बजेदेखि ३ बजेसम्म बोलकबोल गर्न सकिने कार्यालयले जनाएको छ । यद्यपि, सबै ट्रेजरी नयाँ नभएर पुरानै नवीकरण गर्न लागिएको हो ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले नविकरण गर्न लागेको ३६४ दिने ५ अर्ब रुपैयाँको ट्रेजरी बिल २०८२ माघ २० गते परिपक्व हुनेछ । ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ ।
सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् । बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने गर्दछ ।


