काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको २५ करोड रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपका रूपमा लगानी गर्ने भएको छ।
राष्ट्र बैंकले शुक्रबार सूचना जारी गरी उक्त परिमाण बराबर रकम वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा लगानी गर्ने जनाएको हो ।
लगानी रकममध्ये वाणिज्य बैंकहरूमा २० करोड रुपैयाँ, विकास बैंकहरूमा ३ करोड ७५ लाख रुपैयाँ, र वित्त कम्पनीहरूमा १ करोड २५ लाख रुपैयाँ राखिनेछ।
यो रकम २०७१ फागुन ६ गतेदेखि २०८२ फागुन ६ गतेसम्म (कुल ३६६ दिन) का लागि मुद्दती निक्षेपमा रहनेछ। इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले २०८१ माघ २८ गते बेलुका ७ बजेसम्म अनलाइन आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।