images
images

नबिल बैंकको कामु सीईओमा मनोज ज्ञवाली नियुक्त


  • 813
    SHARES
  • २०८१ चैत्र १३ गते बुधबार

    नबिल बैंकको कामु सीईओमा मनोज ज्ञवाली नियुक्त

    काठमाडौं । नबिल बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)मा मनोज ज्ञवाली नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बैठकले उनलाई कामु सीईओमा नियुक्त गरेको हो ।

    यसअघि उनी वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (वरिष्ठ डेपुटी सीईओ) रहेका थिए । नबिल बैंकका तत्कालिन सीइओ ज्ञानेन्द्र ढुंगानाले पदबाट राजीनामा दिएसँगै सञ्चालक समितिले ज्ञवालीलाई कामु सीइओको जिम्मेवारी दिएको हो ।

    ज्ञवाली २०७७ साल साउनबाट नबिल बैंक प्रवेश गरेका हुन् । राष्ट्रिय स्तरको विकास बैंक ज्योतिको सीइओबाट राजीनामा दिएर ज्ञवालीले नबिल बैंकमा महाप्रबन्धकको कार्यभार सम्हालेका थिए । 

     

     


    images

    Logo