काठमाडौं । नेरुडे लघुवित्तले वित्तिय संस्थाले साधारणसभा बोलाएको छ । शनिबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले पुस १० गते साधारणसभा बोलाउने निर्णय गरेको हो ।
उक्त साधारणसभाले गत आर्थिक बर्षको मुनाफाबाट हाल कायम भएको चुक्ता पुँजीको २१.४८७५९७६५३१ प्रतिशत बोनस र कर प्रयोजनकालागि मात्र नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साधारणसभा प्रयोजनकालागि मंसिर २६ गतेदेखि पुस १० गतेसम्म शेयरधनीकिताब खाता बन्द हुने निर्णय समेत बैठकले गरेको छ ।


