images
images

६० प्रतिशतले घट्यो तनहुँको मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादन


  • 597
    SHARES
  • २०८१ चैत्र ३० गते शनिबार

    ६० प्रतिशतले घट्यो तनहुँको मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादन

    काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मा रहेको मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट अहिले ३० मेगावाट मात्रै विद्युत् उत्पादन हुने गरेको छ ।

    ६९ मेगावाट क्षमताको यस केन्द्रबाट अहिले ३० मेगावाट अर्थात् ४० प्रतिशत मात्रै विद्युत् उत्पादन भएको हो ।

    लामो समयदेखि सुक्खायाम हुँदा नदीमा पानीको बहाव कमी भएकाले उत्पादन घटेको केन्द्रका प्रमुख इन्जिनियर पशुपति गौतमले बताए ।

    अहिले ४० मेगावाट विद्युत् उत्पादन हुनुपर्नेमा लामो खडेरी गर्दा ३१ मेगावाट पुगेको गौतमले जानकारी दिए । केन्द्रमा २३/२३ मेगावाटका तीनवटा टर्बाइन रहेका छन् ।

    यो केन्द्र सन् १९८९ मा निर्माण सम्पन्न भएको हो । यो केन्द्रबाट उत्पादित विद्युत् चितवनको भरतपुर र काठमाडौं स्युचाटार स्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडेर वितरण हुँदै आएको छ । 


    images

    Logo