images
images

७ कम्पनीको बोनश शेयर नेप्सेमा सूचीकृत, कुनको कति ?


  • 771
    SHARES
  • २०८२ जेठ ८ गते बिहीबार

    ७ कम्पनीको बोनश शेयर नेप्सेमा सूचीकृत, कुनको कति ?

    काठमाडौं । चालू आर्थिक वर्ष २०८१/८२ को वैशाख महिनामा ७ कम्पनीको बोनश शेयर नेप्सेमा सूचीकृत भएको छ । गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट आफ्ना शेयर धनीहरुलाई बोनश दिएकामध्ये ७ कम्पनीको बोनश शेयर वैशाख महिनामा नेप्सेमा सूचीकृत भएको हो । 

    वैशाखमा महिला लघुवित्त वित्तिय संस्थाको १४.२५ प्रतिशत बोनश वापत हुन आउने २ लाख ७९ हजार ३०३.९३ प्रतिशत बोनश शेयर नेप्सेमा सूचीकृत भएको छ । त्यस्तै, श्री इन्भेष्टमेन्ट फाइनान्सको १.८६५९ प्रतिशत बोनवापत हुने १ लाख ८३ हजार १६८ कित्ता बोनश शेयर सूचीकृत भएको छ । 

    आफ्ना शेयर धनीलाई १० प्रतिशत बोनश दिएको ग्रीन भेन्चर्स लिमिटेडको ३१ लाख २५ हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ । त्यस्तै, ९.५० प्रतिशत बोनश दिएको आरएसडिसी लघुवित्तको बोनश शेयरपनि वैशाख महिनामा नेप्सेमा सूचीकृत भएको छ । 

    त्यस्तै, नेपाल हाइड्रो डेभलपर्स लिमिटेडको ८ प्रतिशत बोनश बापत हुने २ लाख ८७ हजार ५५३.०८ कित्ता, आत्मनिर्भर लघुवित्तको १४.२५ प्रतिशत बोनशवापत हुने ९७ हजार ७१४ कित्ता र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १० प्रतिशत बोनशवापत हुने ८२ लाख ७ हजार ९६६.५५ कित्ता बोनश शेयर पनि वैशाख महिनामै नेप्सेमा सूचीकृत भएको हो । 


    images

    Logo