images
images

बङ्गलादेशबाट  चार अर्ब ७५ करोड आयात, कति भयो निर्यात ?


  • 311
    SHARES
  • २०८२ जेठ २१ गते बुधबार

    बङ्गलादेशबाट  चार अर्ब ७५ करोड आयात, कति भयो निर्यात ?

    झापा । आर्थिक वर्ष २०८१÷८२ को वैशाख महिनासम्ममा काँकडभिट्टा हुँदै बङ्गलादेशबाट चार अर्ब ७५ करोड आठ लाख छ हजार ८७१ बराबरको मालसामान आयात भएको छ । सो अवधिमा नेपालबाट ३५ करोड ६२ लाख ९७ हजार ८२७ बराबरका उत्पादन  बङ्गलादेश निर्यात भएका छन् ।

    काँकडभिट्टास्थित नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडका  अनुसार बङ्गलादेशबाट सवैभन्दा धेरै एक अर्ब ७८ करोड ४२ लाख बराबरको अप्रशोधित जुट आयात भएको छ । यसैगरी, आयात भएका अन्य वस्तुमा ब्याट्री, पोल्ट्री फिड सप्लिमेन्ट, कस्मेटिक आइटम, हाइड्रोजन प्याराअक्साइड निर्यात भएका छन् ।

    त्यसैगरी जुट यार्न, विद्युतीय उपकरण, औषधि, आलु, पेपर, ग्लास, फुड एण्ड वेभरेजलगायतका सामग्री निर्यात भएका छन् । काँकडभिट्टाबाट ३० करोड २७ लाख ७९ हजार बराबरको खुदो बङ्गलादेश निर्यात भएको छ । यहाँबाट अन्य जडीबुटी, एनिमल फिड, घरायसी सामान निर्यात भएको कम्पनिले जनाएको छ ।  


    images

    Logo